सबैतिरबाट घेराबन्दीमा परे प्रधानमन्त्री प्रचण्ड, आफ्नै पनि उत्रिए विरोधमा ..........
1:25 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
आजको अन्नपूर्ण पोष्टमा खबर छ –उनको पक्षमा वकालत गरिदिनको संख्या न्यून छ भने आलोचना गर्नेहरु अधिक देखिएका छन् ।
लाभको पद पाउन प्रतिस्पर्धा गर्ने आफ्नै पार्टीका नेताकार्यकर्ता पनि प्रधानमन्त्री प्रचण्डका पक्षमा देखिएका छैनन् । ‘प्रधानमन्त्रीलाई असफल बनाउन पार्टी्भित्र रस बाहिरबाट घेराबन्दी गरिएजस्तो देखिएको छ,’ प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,‘कोही योजनाबद्ध रुपमा लागेको छ भने पनि त्यसलाई सफल हुन दिइनेछैन ।’
परिवारका सदस्यलाई राजनीतिक नियुक्ति दिलाएको, अंगीकृत नागरिकलाई राष्ट्रध्यक्ष बनाउन प्रस्ताव अगाडि सारेको, हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको, भारत र चीसँग सन्तुलित सम्बन्ध कायम राख्न नसकेको, जनताका पक्षका देखिने गरी कुनै निर्णय कार्यान्वयन गराउने नसकेको , कांग्रेससँगको गठबन्धन सुमधुर बनाउन नसकेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि पार्टी्भित्र र बाहिरबाट लागेको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विपक्षमा महाअभियोग दर्ता गराउन पार्टीमा एकमत गराउन नसकेको , भूकम्प प्रभावित क्षेत्रका जनतालाई तीन लाख रुपैँया अनुदान उपलब्ध गराउने निर्णय कार्यन्वयन गराउन नसकेको , पार्टी संगठनलाई अस्तव्यस्त बनाएको आरोप उनीमाथि छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments