प्रचण्ड सरकारसँग ‘रिसायो’ चीन, भारतीय राष्ट्रपति फर्केकै दिन यसरी लियो एक्सन .......
7:46 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २० कात्तिक । नेपाल–चीनबीच हस्ताक्षर भएको पारवहन यातायात सम्झौताको प्रोटोकल टुंग्याउन अर्को साताका लागि तय भएको महत्वपूर्ण द्विपक्षीय बैठक ‘अचानक’ स्थगित भएको छ । चीनको स्वशासित क्षेत्र तिव्व्तमा आइतबारदेखि मंगलबारसम्म हुने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको हो । चिनियाँ पक्षले दुई दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर बैठक प्रस्तावित मितिमा हुन नसक्ने जानकारी गराएको हो ।
पुष्पकमल दाहालले सरकारको नेतृत्व लिएसँगै नेपालमा भारतको प्रभाव ह्वात्तै बढेका बेला चीनले रिसाएको जस्तैगरी अचानक बैठक स्थगित गरिदिएको हो । बैठकमा सहभागी हनु वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्वमा परराष्ट्र, वाणिज्य, भौतिय योजना, अर्थ र कानुन मन्त्रालय प्रतिनिधि ल्हासा जाने तयारीमा थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीको गत चैतमा सम्पन्न चीन भ्रमणमा हस्ताक्षर भएको पारवहन सम्झौताअनुसार नेपालले चीन हुँदै तेस्रो देशसँग जान र स्थलमार्गबाट व्यापार गर्ने सुविधा पाउनेछ । तर, नेपालमा बढ्दो भारतीय प्रभावले उक्त सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा अझै अगाडि बढ्न सकेको छैन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
0 comments