अपराधीको टाउको दुखाई बनेका एसएसपी सर्वेन्द्र खनाल सुरक्षा तालिम सकेर फर्किए, फेरि अपराध महाशाखामै हाजिर हुँदै
12:49 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
डेढ महिना लामो सेक्युरिटी कोर्स सकेर बुधवार अबेर उनी काठमाडौं आईपुगेका हुन् । विश्वका विभिन्न ४६ देशबाट छानिएका सुरक्षा अधिकारी, न्यायाधीश र केही मुलुकका सांसदहरु समेत सहभागि सुरक्षा तालिम उपलब्धिमुलक रहेको खनालले बताए ।
तालिमबाट फर्केपछि प्रहरी प्रधान कार्यालयमा हाजिर हुने मानसिकता बोकेर अमेरिका उडेका खनाल पुनःमहानगरीय अपराध महाशाखामै हाजिर हुने भएका छन् ।
गृहमन्त्री र आइजिपीको सम्वन्धमा चिसोपन आएका कारण अवधी पुगेका एसपी र एसएसपीहरुको सरुवा रोकिएको छ । एसपी र एसएसपीहरुको सरुवा सामान्यतया एक बर्षमा हुने भएपनि खनाल महाशाखा गएको करिब १६ महिना भैसकेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments