सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते.मृत्यु हुनेको टाउकोमाथी टायर चढेर देखिएको डरलाग्दो दृश्यको एक झलक सार्बजनिक

5:52 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
इनरुवा, २२ कात्तिक - सुनसरीको हरिपुर-९ स्थित भण्टाबारीमा आज साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी बेला–५ बस्ने उमेशकुमार मण्डल रहेका छन् भने सोही स्थान बस्ने कमल मण्डल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २०७८ नंको बसले सोही दिशातर्फ जाँदै गरेको बा ३२ प ९९२० नंको मोटरसाइकललाई ठक्कर दिँदा उमेशको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक उमेशको शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने घाइते कमलको उपचार इनरुवा अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images