नेपाल चारैतिर एमालेमय बन्दै : धनगढी विमानस्थलमा ओलीको भब्य स्वागत, ओलीले धनगढी पुगेर गरे यस्तो घोषणा ....

7:58 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं२३ कात्तिक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कूटनीतिक पक्ष, वैदेशिक एवम छिमेकी सम्बन्धका विषयमा सरकारी पक्षबाट अत्यन्त असावधानी र अशोभनीय क्रियाकलाप भइरहेको आरोप लगाएका छन् ।


प्रेस चौतरी नेपालले धनगढी विमानस्थलमा गरेको पत्रकारसम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो आरोप लगाएका हुन् । उनले छिमेकीसँगको सम्बन्धको महत्व र सन्तुलन बुझ्नुपर्नेमा जोड दिँदै परराष्ट्र सम्बन्धका विषयमा भइरहेका राष्ट्रिय नीति विपरीतका काममा नेकपा एमाले सहमत नभएको बताए ।

संविधान कार्यान्वयन गर्नुपर्नेमा एमालेको जोड रहेको भए पनि यसतर्फ सरकारले काम नगरेको बताउँदै उनले देश, जनता र विकासका पक्षमा संविधान संशोधन हुने भए एमालेले साथ दिने बताए । उनले कसैको स्वार्थ र आग्रहमा संविधान संशोधन नहुने भन्दै राष्ट्रिय एकता खल्बल्याउने, अग्रगमन र विकासका कामलाई असफल पार्ने कामका विरुद्धमा एमाले जोडदार रुपमा लाग्ने पनि बताए ।

वर्तमान सरकार गठन भएकै बेलादेखि सरकारका कामकारबाही अनुचित ढङ्गले भइरहेको उनको आरोप थियो । ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख विरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रक्रियामा रहेको र यो पारित हुने पनि बताए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images