­
­

भोलि अपरान्ह पौने पाँच बजे लाओसविरुद्ध उत्रिदै नेपाल, लाओसलाई हराउदै फाइनल प्रवेश गर्ने नेपालको लक्ष्य ......

7:45 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं,२६, कात्तिक – मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा नेपालले भोलि लोओससँग प्रतिस्पर्धा गर्दैछ ।

समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह बीको उपबिजेता लाओससँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो ।नेपाल र लाओसबीचको खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार भोलि अपरान्ह पौने पाँच बजेदेखि सुरु हुनेछ ।

नकआउट चरणका खेलअघिको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक ग्योतुकी कोजुले नेपाली टोली लाओसलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुग्ने विश्वास व्यक्त गरे ।तर, उनले लाओसलाई नजरअन्दाज भने नगरेको बताए । उनले भने, ‘हामीले केहि महिनाअघि लाओससँग खेलेका थियौं र हामीले एक एकको बराबरी निकालेका थियौं । उनीहरु उत्कृष्ट टोली हुन् भनेर त हामीले समूह चरणको मंगोलियाबिरुद्धको खेलबाटै हामीले देखिसकेका छौं ।’समूहको अन्तिम खेलमा ब्रुनाईबिरुद्धको खेलमा हात पारेको तीन शून्यको जितले नेपाली टोलीको मनोवल उच्च भएको र टोलीमा सबै खेलाडी फिट रहेको समेत उनले बताए ।

त्यस्तै लाओसका प्रशिक्षक भालाकोने फोम्फाक्डीले भने यसअघि खेलेको मैत्रिपूर्ण खेलमा बराबरीको नतिजा हासिल गरेको र त्यही टोली यो प्रतियोगितामा आएकाले खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरे ।उनले मौसमको समस्याप्रति गुनासो गर्दै भने, ‘खेलका क्रममा यदि पानी पर्‍यो भने हिलो मैदानमा हामीलाई निक्कै अप्ठेरो हुनेछ ।’नेपालले समूह चरणमा पूवी टिमोरसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा ब्रुनाईलाई तीन शून्यले हराएको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images