नेपालमा लगानी गर्न चीन इच्छुक,भारतीय राष्ट्रपति मुखर्जी फर्केकै दिन लगानी सम्भाव्यताबारे छलफल गर्न चीनले पठायो विशेष टोली
8:29 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पुल, पूर्वाधार निर्माण, लगानी तथा आयात÷निर्यातका क्षेत्रमा आपसी सहकार्यका सम्भाव्यताबारे छलफल गरेको थियो ।
भेटवार्ताका क्रममा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासङ्घको बैंकिङ समितिका सभापति शङ्करप्रसाद पाण्डेलगायत नेपाली व्यवसायीले नेपाल विस्तारै राजनीतिक स्थिरतातर्फ अघि बढिरहेकाले यहाँ लगानीका अवसर प्रचुर रहेको जानकारी चिनियाँ प्रतिनिधिमण्डललाई गराए ।
महासङ्घका पदाधिकारीले ऊर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माणका क्षेत्रमा युनानी लगानी परिचालन गर्न आग्रह गरे। चिनियाँ पक्षले महासङ्घ र युनानका व्यवसायी र उद्यमीबीच नियमित भेटवार्ता, व्यापारिक भ्रमण, सूचना तथा जानकारीहरुको आदानप्रदानमा जोड दिएको थियो । रासस

0 comments