“एमाले कै नेतृत्वमा मात्र अब देशलाई ठुलो दुर्घटना हुनबाट बचाउनु सकिन्छ”- स्वास्थ्यमन्त्री गगन थापा.........

6:16 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री रहेका नेपाली कांग्रेसका नेता गगन थापा एकाएक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेको प्रसङ्ग यतिबेला चर्चामा छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले सत्ताबाट हटाएर प्रतिपक्षमा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वर्तमान सरकारका मन्त्रीले निवासमै पुगेर भेट्नुपर्ने विशेष कारण के थियो ? गगन थापालाई भेट्नका लागि ओलीले बोलाएका थिए वा गगनले नै भेट्न चाहेकाले बालकोट पुगेका थिए, धेरैको चासोको विषय बनेको छ यतिबेला ।

र्वप्रधानमन्त्री केपी ओलीसँगको भेटपछि मुलुक दुर्घटनामा पर्न लागेको र अहिलेको सरकारले निर्वाचन गर्न नसक्ने निष्कर्षमा आफू पुगेको बताएका थिए ।

यसरी भएको थियो ओली र थापाको भेट
स्वास्थ्यमन्त्री गगन थापा ओली निवास बालकोट पुगेका थिए । साँझ करिब ७ बजेतिर बालकोट पुगेका थापा र ओलीबीच करिब २ घण्टा छलफल भएको थियो । स्रोतले भन्यो, ‘स्वास्थ्यमन्त्री थापा ओलीलाई भेट्न घरैमा आएका थिए । उनीहरुबीच बर्तमान राजनीति र देशको भविष्यका बारेमा करिब २ घण्टा लामो छलफल भयो ।’
भेटमा थापाले मनमोहन स्वास्थ्य प्रतिष्ठान विधेयक, चिकित्सक गोविन्द केसीको अनसन र उनले उठाएका मागका विषयमा केपी ओलीको सुझाव लिएका थिए ।मन्त्री थापा र ओलीबीच प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, सम्भावित निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आगामी निर्वाचन र संविधान कार्यन्वयनको विषयमा संसय व्यक्त गरेका थिए । साथै, अध्यक्ष ओलीले वर्तमान सरकारको क्रियाकलाप हेर्दा देश दुर्घटनामा जानसक्ने भन्दै सतर्क रहनुपर्ने धारणा राखेका थिए ।

थापाले पनि ओलीलाई वर्तमान सरकारको कार्यशैलीप्रति आफु पनि सन्तुष्ट नरहेको बताएका थिए । थापालाई उद्घृत गर्दै स्रोतले भन्यो, ‘सरकारको कार्यशैली हेर्दा देश दुर्घटनामा जान्छ जस्तो लागिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो अवस्थाबाट मुलुकलाई पार लगाउन सक्नुहुन्छ जस्तो मलाई लाग्दैन । नेपाली कांग्रेसको नेतृत्वले पनि यो अवस्थाबाट उन्मुक्ति दिन सक्छ जस्तो मलाई लागेको छैन ।’

थापाले शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म दलहरुबीचको सहकार्यकै कारण सम्भव भएको स्मरण गराएका थिए । भेटमा थापाले भनेका थिए, ‘शान्ति सम्झौता हुँदै यहाँसम्मको यात्रा तय गरिएको छ । अब पनि दलहरुबीच मेलमिलाप आवश्यक छ । बरु नेतृत्व परिवर्तन गर्नुपर्छ भने पनि त्यसका लागि म पार्टीभित्र छलफल चलाउँछु । दलहरुबीच सहमतिका लागि नेतृत्वदायी भुमिका खेल्नुपर्यो ।’

त्यस्तै, मन्त्री थापाले एमालेकै नेतृत्वमा भए पनि मुलुकलाई दुर्घटनाबाट जोगाउनुपर्ने बताएका थिए ।त्यसपछि अध्यक्ष ओलीले देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने आवश्यक्ता रहेको बताउँदै आफुले भने नेतृत्व नगर्ने मनसायमा राखेका थिए । अध्यक्ष ओलीले वर्तमान सरकार राष्ट्रघाती भएको बताउँदै आगामी दिनमा सरकारले गर्ने कामको विषयमा आशंका व्यक्त गरेका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images