देश जनताको पक्षमा फेरी बोले ओली भने–‘ लोकतन्त्रको पराजय र लोकमानको बिजय हुने गरी संसदले निर्णय गर्दैन
1:15 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलसँग सोमबार साँझ भएको भेटमा ओलीले यस्तो बताएका हुन् । ओली निवास बालकोटमा भएको उक्त भेटमा ओलीले शान्ति र लोकतन्त्रको पक्षमा समाजले अघि सारेको अवधारणा स्वागत योग्य भएको भन्दै संवैधानिक रिक्तता आउन नदिन २०७४ मा प्रतिनिधी सभाको निर्वाचन हुनैपर्ने कुरामा पनि जोड दिए ।
यसैबीच समाजको प्रतिनीधिमण्डलले परराष्ट्रमन्त्री प्रकाशशरण महत र भूमि सुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेसँग पनि उनीहरुकै कार्यकक्ष सिंहदरबारमा भेटी विभिन्न विषयमा छलफल गरेको छ । परराष्ट्रमन्त्री संगको छलफलमा नेपालको राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको परराष्ट्र नीति मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रको शास्वत मुल्यबाट निर्देशित हुनुपर्ने र यी मुल्यहरुको विश्वव्यापी संरक्षण र प्रवद्र्धनको लागि अन्तराष्ट्रिय मञ्चहरुमा नेपालको आवाज मुखरित गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।
साथै भूमि सुधार तथा व्यवस्था मन्त्री सँगको छलफलमा, भूमिको पुर्ण सदुपयोग र वैज्ञानिक व्यवस्थापनको दृष्टिकोणसहित राष्ट्रिय भूमि नीति तर्जुमा हुनुपर्ने, कानुनसम्मत आर्जेको कसैको पनि सम्पत्ति राष्ट्रिय हितमा प्रयोग गर्न कानुनसम्मत ढंगले अधिग्रहण गरिएमा उचित मुआब्जा वा क्षतिपुर्ति दिनुपर्ने, भूमिको वैज्ञानिकिकरण र भूमि क्षमताको सदुपयोगको लागि विशेष नीति अवलम्वन गर्नुपर्ने, अभावबाट मुक्ति, भोक र अनिकालबाट मुक्ति जस्ता आधारभुत अधिकारको संरक्षणका लागि विशेष कार्ययोजना तर्जुमा गर्नुपर्ने र भूमिको उर्वराशक्ति घटाउने र वातावरण प्रतिकुल हुने सामग्रीहरुको प्रयोगमा पुर्नविचार र आवश्यकता अनुसार निषेधको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिइएको समाजले जनाएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments