सात मुलुकमा रहेका भारतीय दुतावासको वेबसाइट एकसाथ ह्याक, भारतमा खैलाबैला ........

1:12 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
नयाँ दिल्ली, २३ कार्तिक। सात मुलुकमा रहेका भारतीय दुतावासको वेबसाइट एकसाथ ‘ह्याक’ भएको छ । ह्याकरको समूहले युरोप र दक्षिण अफ्रिकामा सात भारतीय दुतावासको वेबसाइट ह्याक गरेको हो । भारतीय विदेश मन्त्रालयले ती मुलुकमा आफ्ना दुतावासका वेबसाइट ह्याक भएको पुष्टि गरेको छ ।

विदेश मन्त्रालयले ‘समस्या’ बारे अवगत रहेको जनाउँदै त्यसको समाधानका लागि प्रयास भइरहेको जनाएको हो । ह्याक गरिएका मुलुकहरुको पूर्ण विवरण प्रकाशमा आएको छैन । युरोप र दक्षिण अफ्रिकास्थित भारतीय दुतावासलाई ह्याकरले निशाना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन् । तर रोमानियास्थित भारतीय मिशनको वेबसाइट पनि ह्याक भएको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने, ‘हामी समस्याबारे जानकार छौं, यसलाई ठिक गर्ने प्रयास भइरहेको छ ।’ ह्याकबाट भएको क्षति आँकलन हुन सकेको छैन । कसले र कुन उद्देश्यले ह्याक गरेको हो भन्ने प्रष्ट हुन बाँकी रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images