नेपालका ‘गतिविधि’ प्रति चीनको गम्भीर आपत्ति, नेपाल सरकारसँग माग्यो जवाफ..........

6:08 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २३ कात्तिक । सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिवद्ध रहेरनरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ। आजको नागरिक दैनिकमा खबर छ –केपी शर्मा ओली नेतृत्व सरकार परिवर्तसँगै नेपालप्रति सशंकित बनेको चीनले सरकार र नेपाली नेताका पछिल्ला गतिविधिप्रति खुलेर आपत्ति जनाएको छ । ‘नेपालको प्रतिवद्धता जनाउँदै आएको एक चीन नीतिप्रति चीनले शंका गरेको छ’, सरकारी उच्च स्रोतले भन्यो,‘सरकार र शीर्ष दलका नेताका गतिविधिप्रती चीनले शंका व्यक्त गर्दै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ ।’ 



स्रोतका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग सरकार र नेताका गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ। चीनले नेपालभित्र ‘चीनविरोधी गतिविधि गर्न दिइएको’ भन्दै त्यसमा असन्तुष्टिसमेत जनाएको छ । छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनै पनि गतिविधि हुन नदिने विदेश नीति र चीनलाई हेर्न दृष्टिकोण नेपालको फेरिएको हो भन्दै चीनले स्पष्ट पार्न परराष्ट्रमार्फत आग्रह गरेको छ ।‘नेपाल र चीनबीचको सम्बन्धमा यस्तो अविस्वस यसअघि कहिल्यै आएको थिएन । चीनले यसरी नेपाललाई एक चीन् नीतिप्रति कडा रुप्ममा प्रस्तुत भई धारणा समेत मागेको थिएन , ’ स्रोतले भन्यो । स्रोतका अनुसार चीनले मुख्य गरि पछिल्ला चारवटा गतिविधिलाई लिएर नेपालले अंगालेको एक चीन नितिप्रति शंका गरेको हो । 
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images