११ बर्षे नेपाली चेली दियाले नेपालीको सान राख्दै युएईमा ९ सय भारतीयलाई पछि पारिन् ......
2:18 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
खाडीका ६ देश कुवेत, साउदी, कतार, ओमान, बहराइन र युएईमा रहेका झन्डै ९ सय भारतीय बालबालीकालाई पछि पार्दै दिया फाइनल सम्म पुगेकी हुन् ।
प्रतियोगिताको ग्र्याण्ड फाइनल आउँदो १८ नोभेम्बरमा दुबईको ग्लोबल भिलेजमा जारी ग्लोबल प्रदर्शनी स्थलमा हुँनेछ । प्रतियोगीताबाट उत्कृष्ट जिसिसी डान्सरको उपाधीका लागि ९ नोभेम्बर बुधबारदेखि मोबाइल एसएमएस मार्फत भोटिङ खुला गरिएको आयोजकले जनाएको छ ।
एउटा मोबाइल नम्बरबाट दैनिक जती पटक सकिन्छ त्यती नै पटक भोट गर्न सकिन्छ । त्यसका लागि युएईमा रहेका नेपाली तथा अन्यले पनि भोट गर्न पाउने छन् । दियालाई भोट गरेर जिताउनका लागि मोबाइलको म्यासेज बक्समा गई <SD> लेखेर स्पेस दिई <१९> लेख्ने र ४३५९ मा पठाउनु पर्ने छ ।
दिया गत ओक्टोबर २१, २२, २८ र २९ मा भएका विभिन्न चरणका छनौट प्रतियोगितामा झन्डै ९ सय भारतीय प्रतियोगीलाई पछी पार्दै उत्कृष्ट १० मा परेकी हुन् ।
दियाले औपचारिक रुपमा कुनै तालिम नलिए पनि युटुब र टेलिभिजन हेरेरै अभ्यास गरिरहेकी छन् । उनलाई आमा पूजाले कोरियोग्राफीमा सहयोग गर्ने गरेकी छिन । उनी भक्तपुर दुवाकोट घरभई गएको ४ बर्ष यता युएईमा अध्ययनरत छिन । झन्डै ११ बर्ष यता दुबईमा कार्यरत बुवा दिपक र आमा पूजा कुवरसँगै बसेर डेल्टा इङ्लिस स्कुल सारजाहमा कक्षा ६ मा अध्ययनरत दिया युएईका विभिन्न कार्यक्रममा समेत नृत्य गर्दै आएकी छिन् ।
दिया परिवारकी एकमात्र छोरी हुन । उत्कृष्ट १० मा पुगेकी दियालाई बिजेता बनाउन अब उनको नाचले मात्रै होइन भोटको आवश्यकता पर्छ ।
बिरामी हुँदापनि नाचिन्
दिया २ कक्षा सम्म नेपालमै अध्ययन गरेर ४ बर्ष पहिले बुवा आमासँग युएई आएकी हुन् । कक्षा ६ मा अध्ययनरत उनी अहिले ११ बर्षकी भइन् । विद्यालयमा हुने अतिरिक्त प्रतियोगितामा उनी सधैं उत्कृष्ट हुन्छिन् । त्यसैले बिधालयका शिक्षक शिक्षिकाले पनि उनको रुचिलाई सहयोग गर्छन् ।
दुई महिना पहिले दिया अध्ययनरत विद्यालयमा सोनी टेलिभिजनले नाच्न रुची राख्ने विद्यार्थीकालागी प्रतियोगिता गर्न लागेको सूचना पठायो । विद्यालयले दियाको परिवारलाई खबर गर्यो । दियाका बुवा दिपक आफैं गएर फारम भर्नुभयो ।
पहिलो छनौट चरणको अघिल्लो दिन दियालाई ज्वरो आयो । तर दियाले प्रतियोगितामा पुर्याइदिन बुवा आमालाई अनुरोध गरिन् । छोरीको रुचीलाई सम्मान गर्दै दिपक र पूजाले दियालाई लिएर कार्यक्रम स्थल गए । छनौट चरणको अन्तिम दिन पुर्याउँदा पनि उनको पालो १ सय ६४ औ स्थानमा थियो । तर उनले प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश पाइन् ।
अहिले अल्कुजको मिडिया सेण्टरमा आयोजित १० उत्कृष्ट छनौटमा दिया पनि परीन । उनलाई जिताउन परिवारले युएईमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ । उज्यालो अनलाइन बाट साभार
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments