कतारमा विश्वकप फुटवल प्रतियोगिताको एक स्टेडियम बनाउने क्रममा पहिलो ज्यान गुमाए नेपालीले .........

7:33 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
दोहा, कात्तिक २५
आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा मृत्यु भएका कामदार नेपाली भएको पुष्टि भएको छ । उनी प्रतियोगिताका लागि कतारको निर्माणाधिन एक रंगशालामा श्रमिकका रुपमा कार्यरत थिए । ज्यान गुमाउने २९ बर्षिय अनिलकुमार पासवान रहेको दोहा न्यूजले समाचार लेखेको छ । उनी सो स्टेडियम बनाउने क्रममा ज्यान गुमाउने पहिलो कामदार रहेको समाचारमा जनाइएको छ । यसअघि स्टेडियम बनाउने काममा खटिएका दुईजना भारतीय कामदारको ज्यान गएको भएपनि उनीहरुको कार्यथलोमा नभई अन्य कारणले मृत्यु भएको जनाइएको छ ।

पासवानलाई गत अक्टोवर २२ का दिन एउटा पानी ट्याँकरले ठक्कर दिएको थियो । कतारको फुटवल आयोजक कमिटीले गएराती विज्ञप्ती जारी गर्दै यसको आधिकारिक जानकारी दिएको हो । यसअघि एक कामदारको मृत्यु भएको भनिएपनि उनी को थिए भन्ने खुलाइएको थिएन । भुलवस भएको सो दुर्घटनामा पासवानले ज्यान गुमाएको विज्ञप्तीमा उल्लेख छ । सो स्टेडियम निर्माण गर्ने ठेक्का लिएको कम्पनीले पासवानको ज्यान जाने गरि भएको घटनालाई दुःखद भनेको छ ।

कतारमा नयाँ श्रम कानून सम्वन्धि जानकारीमुलक भिडियो हेर्नुहोस्
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images