केपी ओली मधेस झरेपछि यस्तो देखियो माहोल, एकाएक उर्लियो जनसागर ......
7:34 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
देशव्यापी रुपमा सञ्चालन भइरहेको अभियान अहिले तराईका जिल्लामा केन्द्रीत छ । महोत्तरी, जनकपुर, सिरहा लगायतका जिल्ला अभियान सञ्चालन भइरहेका बेला यो अभियान शनिबार उदयपुर पुगेको छ ।
तराईका जिल्लामा संविधानबिरुद्ध मधेसी जनतामा फिजाइएको भ्रम हटाउने र पार्टीको उपस्थितिलाई सशक्त बनाउने लक्ष्यअनुरुप उदयपुर पुगेको अभियानमा अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।
अभियानका क्रममा मध्य क्षेत्रको भित्री मधेस मानिने उदयपुरको कटारीमा शनिवार आयोजित सभालाई अध्यक्ष ओलीले सम्बोधन गरे । उनको सम्बोधन सुन्न हजारौंको संख्यामा जनमानस उपस्थित थियो । गाउँ गाउँबाट जनसागर कटारी पुगेको थियो ।
सम्बोधनमा के भने ओलीले ?
ओलीले मधेसकाबिरुद्ध पहाड र पहाडकाविरुद्ध मधेस, तथा एक जातिविरुद्ध अर्को जातिलाई भड्काएर नेपालको एकता र विकास रोक्ने शक्ति सक्रिय रहेको बताउँदै एमालेले सबै जाति, क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने भन्दै सबैलाई एकतावद्ध बनाएर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बताए ।
पुससम्मका लागि ४ महिने जागरण अभियान तय गरेर एमालेले नेता कार्यकर्तालाई देशब्यापी परिचालन गरेको छ । आफू नेतृत्वको अघिल्लो सरकारले लिएको नीति र अगाडि सारेका कार्यक्रम र नयाँ संविधानले दिएका अधिकारलाई जनताबीच पुर्याउने भन्दै एमालेले अभियान घोषणा गरेको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments